जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १६:०६

मन्त्री पार्वत गुरुङको निश्कर्ष : समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुको विकल्प छैन


काठमाडौं, पुस ४ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मुलुकको समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुको विकल्प नरहेको निश्कर्ष सुनाउनु भएको छ । गौरीशंकर च्छो–रोल्पा मिडिया प्रालिले शुक्रबार काठमाडौंमा आज आयोजना गरेको ‘स्रष्टा सम्मान’ कार्यक्रममा बोल्दै उहाँले सो निश्कर्ष सुनाउनु भएको हो ।

‘समृद्ध नेपाल निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुको विकल्प छैन, यस कार्यमा सवै एक भएर लाग्नुपर्छ,’ मन्त्री गुरुङले भन्नुभयो । मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानलाई पूरा गर्न लागि पर्न पनि स्रष्टाहरुलाई आग्रह गर्नु भयो । उहाँले नेपाली जनताको चाहना अनुसार मुलुकलाई समृद्ध बनाउन कलाकार, पत्रकार र साहित्यकारहरुले पनि अभियाननै संचालन गर्नुपर्ने आवश्यक्ता रहेको पनि औंल्याउनु भयो ।

‘मुलुकलाई समृद्ध बनाउने अभियानमा कलाकार, पत्रकार, साहित्यकार सबैले अभियाननै संचालन गर्नु पर्दछ,’ मन्त्री गुरुङले भन्नु भयो, ‘त्यसका लागि आवश्यक सबै खालको सहयोग गर्न सरकार प्रतिवद्ध छ ।’ मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ आएका सबै सुझाव, आलोचना र टिप्पणीलाई सरकारले आत्मसात गरेर अघि बढने पनि बताउनु भयो । मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने नेपाली जनताको चाहनालाई पूरा गर्ने अभियानमा कमीकम्जोरी भए सच्याएर अघि बढन सरकार तयार रहेको पनि बताउनु भयो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान गरिएको थियो ।