काठमाडौं, असार २३ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूको अभिव्यक्ति स्वतन्त्रतामाथि नै हस्तक्षेप गरी ‘सेन्सरसिप’ लगाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र मन्त्रीहरूको अराजक हर्कत र काम नगरी स्टण्ट गर्ने प्रबृत्तिमा खनिने सूचना पाएपछि रास्वपाले आफ्नो सांसदको अभिब्यक्तिमै सेन्सरसिप लगाएको हो ।
सांसदहरूले संसदमा उठाउने विषय समेत एक दिनअघि नै सचेतकद्वय क्रान्तिशिखा धिताल वा प्रकाशचन्द्र परियारलाई पठाउन उर्दी जारी गरिएको छ । धिताल र परियार रास्वपाका सचेतक हुनुहुन्छ । केही दिनयता रास्वपाका सांसदहरुले सरकारको काम जनताका लागि नभएको र जनताले सरकारको अनुभूति गर्ने नपाएको बिभिन्न तथ्यहरु राखिरहेका छन ।
दोलखाका सांस्द जगदीश खरेलले त प्रधानमन्त्री बालेनलाई मात्र सरकार आएर नहुने भन्दै सदनमा कडा आक्रोश पोख्नुभएको थियो । यस्तै झापाका सांसदले पनि यस्तै अनुभुति सुनाएका थिए । यही कुरा बढने देखेपछि रास्वपाले सेन्सरसिप लगाएको हो ।
सांसदहरूलाई रास्वपा सचेतक क्रान्तिशिखा धितालले पठाएको सन्देशमा भनिएको छ, ‘अबदेखि शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने आफ्नो सामग्री ९क्उभभअजरल्यतभक० अनिवार्य रूपमा मलाई (क्रान्तिशिखा) तथा सचेतक प्रकाशचन्द्र परियारज्यूलाई एक दिन अगाडि नै पठाइदिनुहुन अनुरोध गर्दछु।’
जबकी संविधानले नै सांसदहरूका लागि विशेष प्रकृतिको अभिव्यक्ति स्वतन्त्रताको व्यवस्था गरेको छ। संविधानको धारा १०३ मा ‘संविधानको अधीनमा रही संघीय संसदको दुवै सदनमा पूर्ण वाक स्वतन्त्रता रहने’ उल्लेख छ । यसैगरी सदनमा व्यक्त गरेको धारणाकै आधारमा पक्राउ गर्न, थुनामा राख्न तथा अदालतमा कारबाही चलाउन बन्देज गरिएको छ।
जसलाई सांसदको विशेषाधिकारमा रूपमा चिनिन्छ। त्यति मात्र होइन, सांसदले बोलेको कुरा गलत वा भ्रामक अर्थ लगाई प्रकाशन वा प्रसारण गर्न समेत संविधानले बन्देज गरेको छ। तर रास्वपाकी सचेतक समेत रहेकी धितालले सन्देश पठाउँदै अघिल्लो दिन नै आफूलाई बोल्ने भाषणको टिपोट पठाउन उर्दी जारी गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्