जनता टाइम्स

२४ असार २०८३, बुधबार ११:५०

सदनमा राजेन्द्र राईले सभामुखलाई नै तपाईं कान सुन्नुहुन्न भनेपछि


काठमाडौं, असार २४ । प्रतिनिधिसभाको बैठक एकाएक स्थगित गर्नुपरेको छ । सभामुख डिपी अर्यालको शैलीलाई लिएर एमाले सांसद राजेन्द्र राईले निकै खरो प्रश्न गरेपछि विवाद भईं सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।

सांसद राईले बोल्ने क्रममा सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भनेर सोधेपछि विवाद उत्पन्न भएको थियो । यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुख अर्यालले राईलाई बोल्न समय दिएनन् ।

सभामुखले राईलाई बोल्न रोकेपछि एमालेका सांसदहरूले उठेर विरोध जनाए। सत्तारुढ दलकी सांसद ज्वाला सङ्ग्रौलाले पनि राईको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो । त्यसपछि सभामुखले माफी मागेर आफ्नो भनाइ सच्च्याउन भन्दै राईलाई दोस्रो पटक बोल्न समय दिनुभयो तर इमानमा नचुकेका र सिधासिधा बोल्ने बानी परेका राईले सभामुखको भूमिकामाथि नै प्रश्न उठाउँदै ५ वर्ष सदन चलाउन नसक्ने घोषणा गरिदिनुभयो ।

‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन ?’ भन्दै प्रश्न गरेपछि सभामुखले बैठक रोक्नुभएको हो । धनकुटाबाट लगातार जनताको भारी मतसहित जित्दै आउनुभएका एमाले सांसद राईले यसअघि रोष्टम कब्जा गरेर मन्त्रीहलाई दौडदै आउन बाध्य पार्नुभएको थियो । बुधवार भने सभामुखमाथि नै खनिनुभएको हो ।