जनता टाइम्स

५ पुष २०७६, शनिबार ०७:५६

पर्यटनमन्त्री भट्टराई एक्कासी विमानस्थल पुगेपछि……


काठमाडौं, पुस ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकश्मिक अनुगमन गर्नुभएको छ ।

नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको अनुगमनका लागि पर्यटनमन्त्री शुक्रवार साँझ विमानस्थल पुग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्रीका साथ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत पदाधिकारी पनि विमानस्थल जानुभएको थियो । विमानस्थलमा अध्यागमनले परिवर्तन गरेको संरचनाको समेत मन्त्री भट्टराईले अवलोकन गर्नुभएको थियो ।