जनता टाइम्स

२९ असार २०८३, सोमबार १८:१५

सत्ताधारी ‘भूमिगत गिरोह’ गाडी आतंकमा उत्रिदा देशभरका यातायात कार्यालयको सर्भर पनि डाउन


काठमाडौं, असार २९ । प्रधानमन्त्री बालेन्द्र शाह निकट सत्ताधारी ‘भूमिगत गिरोह’ आतंकमा उत्रिएकै बेला देशभरका यातायात कार्यालयका सर्भर डाउन भएको छ ।

प्रधानमन्त्री निकटले राजधानीमा मिडियादेखि नेताको घरसम्म प्रवेश गर्न नसक्ने गरी गाडी तेर्स्र्याएरु छाडी आतंक मच्चाएको बेला सरकारी कार्यालयकै सर्भर एकैपटक देशभर डाउन भएको हो । सोमवार यातायात व्यवस्था विभाग र विभिन्न प्रदेशको यातायात मन्त्रालयअन्तर्गत मातहतका कार्यालयहरुको एकसाथ सर्भर डाउन भएको छ ।

यसको मुख्य कारण यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्या र सवारीचालक अनुमतिपत्र दर्ता प्रणालीमा आएको अवरोध रहेको बिभागले जनाएको छ । बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गतका कलङ्की, एकान्तकुना (ललितपुर), चावहिल र भरतपुर (चितवन) लगायतका प्रमुख यातायात व्यवस्था कार्यालयहरुले छुट्टाछुट्टै सूचना जारी गर्दै प्रणाली पूर्णरुपमा सुचारु नभएसम्मका लागि लाइसेन्स वितरण, ब्लुबुक नवीकरण, राजस्व भुक्तानी र प्रयोगात्मक परीक्षालगायतका अत्यावश्यक सेवाहरु अनिश्चितकालका लागि स्थगित गरिएको जनाएका छन् ।

कलङ्की कार्यालयले पूर्वनिर्धारित केही प्रयोगात्मक परीक्षाबाहेकका सम्पूर्ण सेवा रोकिएको बताएको छ । बायोमेट्रिक दर्ताका लागि असार २९ गते नै भिजिट डेट पाएका सेवाग्राहीलाई १५ दिनभित्र आउन आग्रह गरिएको छ । त्यस्तै, चावहिल कार्यालयले असार २६ र २९ गते भिजिट डेट लिएकाहरुका लागि साउन ६ देखि साउन ९ गते (असार ३० देखि साउन १ गते) सम्म बायोमेट्रिकको वैकल्पिक व्यवस्था गरेको छ । लिखित तथा ट्रायल परीक्षाको अर्को सूचना रोकिएको हो ।

यातायात व्यवस्था विभागले नयाँ सिस्टम लञ्च गर्नका लागि केही मिलाउनुपर्ने भएकाले देशभरका यातायात कार्यालयको सिस्ट बन्द रहेको बताए पनि यो काम सत्ताधारीकै योजनामा भएको आशंका बढेको छ । तर यो काम प्रधानमन्त्री बालेनर गृहमन्त्री सुधन गुरुङकै योजनामा भएका बलियो आधार देखिएको छ । सत्ता निकट नेताका वरपर रहेका भूमिगत गिरोह बिहानैदेखि आतंक मच्चाउने र त्यही दिन यातायातको सर्भर डाउने हुने कुराले सरकारमा रहेका पदाधिकारीले नै यस्तो अपराध गरेको प्रष्ट तस्विर देखाएको हो ।

सोमवार बिहानैबाट बिभिन्न मिडियाको गेटअगाडि बेवारिसे अवस्थामा गाडी तेर्स्याएको, कांग्रेस सभापति गगन थापासहित केही नेताहरुको घर अगाडि पनि यस्तै अवस्थामा गाडी भेटिएको दिन यातायात कार्यालयबाट सवारीसाधनको विवरण हेर्न नसकिने गरी सिस्टम बिग्रनुले सरकार नै यो काममा लागेको देखाएको हो ।

सर्भर डाउन भएपछि देशभरका सबै कार्यालयमा यातायात सम्बन्धि सबै काम बन्द रहेका छन् । गाडी पास, नाम सारी, लाइसेन्स वितरण, ब्लबुक नविकरण, राजस्व भुक्तानी, प्रयोगात्मक परीक्षा र गाडीको विवरण हेर्न सकिदैन । बिहानैबाट गाडी तेर्स्याएर आतंक मच्चाउने र यातायातको सर्भर डाउन गर्ने काम एउटै गिरोहको भएको हो ।