काठमाडौं, साउन ४ । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानबहादुर शाहीले शवगृहमा शव राखेबापत पनि कर असुल्ने सरकारी नीतिप्रति आपत्ति जनाउँदै त्यसलाई अमानवीय निर्णयको संज्ञा दिनुभएको छ।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद शाहीले मृत्युपछिको संवेदनशील अवस्थासमेत करको दायरामा ल्याउनु मानवीय दृष्टिकोणबाट उचित नभएको टिप्पणी गर्नुभएको हो। “मृत्युपछि शवगृहमा शव राखेबापत पनि ३ प्रतिशत कर असुल्ने सरकारको नीति रहेछ,” भन्दै उहाँले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
उहाँले जीवनको अन्तिम घडीसँग जोडिएका विषयमा सरकारले संवेदनशीलता देखाउनुपर्ने धारणा राख्दै कर असुल्ने व्यवस्था पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। “ए सरकार, एकदिन हामी सबै मर्नु पर्छ, कम्तीमा जीवनको अन्तिम घडीसँग जोडिएका विषयमा यति पाप त नगर हो,” शाहीले भन्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्