काठमाडौं, साउन ६ । व्यवसायी शंकर अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरी (सीआईबी) ले बुधबार डिल्लीबजारबाट ब्यवसायी अग्रवाललाई पक्राउ गरेको हो । शंकर ग्रुपका अध्यक्षसमेत रहनुभएका अग्रवाल बैंक कसुरसम्बन्धी मुद्दामा फरार रहेकोले पक्राउ गरिएको सिआईबीले जनाएको छ ।
अग्रवाललाई अदालत बुझाउने गरी पक्राउ गरिएको सीआईबीका प्रमुख तथा एआईजी उमाप्रसाद चतुर्बेदीले जानकारी दिनुभयो । अग्रवाललाई सिआबीले यसअघि पनि पक्राउ गरी सम्पत्ति सुद्धिकरणमा छानविन गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्