जनता टाइम्स

७ श्रावण २०८३, बिहीबार १५:०३

दिपक भट्ट प्रकरणमा समातिए माइक्रो इन्स्योरेन्सका वरिष्ठ अधिकारी


काठमाडौं, साउन ७ । विवादित व्यापारी दीपक भट्टसँग सम्बन्धित मुद्दामा इन्स्योरेन्सका वरिष्ठ अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको हो ।

सिआइबीको टोलीले रिमाललाई काठमाडौं महानगरपालिका ७ सिफलबाट पक्राउ गरिएको जनाएको छ । रिमाललाई बिमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दीपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरेको सिआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो ।

जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा रिमाल फरार रहेकोले फरार नै कायम गरी मुद्दा दायर गरिएको थियो। अहिले रिमाललाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको हो।