काठमाडौं, साउन ७ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको शासन व्यवस्था पञ्चायतकालभन्दा पनि दमनकारी रहेको भन्दै नसच्चिए प्रतिकार हुने चेतावनी दिनुभएको छ ।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशमा पञ्चायतकालभन्दा पनि दमनसहितको शासन चलिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन ।’
एमाले अध्यक्ष ओलीले आफूलाई पक्राउ गर्दा पनि दमन गरिएको बताउनु भयो लगाए । आफूलाई पक्राउ गर्दा पार्टीका नेता कार्यकर्ताले विरोध गर्दा राज्यले दमन गरेको ओलीको भनाई थियो ।
त्यस्तै उहाँले प्रहरीको भूमिका माथि पनि प्रश्न उठाउनु भयो। ‘कुन दमन कुन बर्बर्ता ? कुन राणा शासनमा छु भन्ने लागेको छ सरकारलाई ? प्रहरी फेरि के भएको हो ?,’ ओलीले भन्नुभयो, ‘यिनीहरूले नै हैन अस्ती प्रहरीलाई लखेटी लखेटी दु:ख दिएको ? अहिले केही प्रहरी तिनैको आदेशमा दमन गर्न लागिपरेका छन् ।’
अध्यक्ष ओलीले सरकार आफैँ सच्चिएन भने सरकारको दमनलाई रोक्न जनता जाग्नुपर्ने बेला भइसकेको निष्कर्ष पनि सुनाउनु भयो ।














प्रतिक्रिया दिनुहोस्