जनता टाइम्स

९ श्रावण २०८३, शनिबार १८:५५

एमाले र नेकपाबीच टुंगियो प्रदेश सरकारको भागबण्डा, कहाँ कस्को नेतृत्व ?


काठमाडौं, साउन ९। नेकपा एमाले र नेकपाबीच सातै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले शनिवार तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सहमतिअनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गर्ने सहमति भएको छ।

यस्तै मधेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय सहमति पत्रमा उल्लेख छ।

सहमति जुटाउने बार्तामा एमालेबाट उपाध्यक्ष बिष्णु पौडेल र नेकपाबाट नेता बर्षमान पुन सहभागी हुनुभएको छ । यसअघि नेकपा बनाउने बेलामा पनि मुख्य भूमिका पौडेल र पुनकै रहेको थियो । अहिले पनि दुई अध्यक्षको हस्ताक्षरमा उहाँहरु नै साक्षी रहनुभएको छ ।