काठमाडौं, साउन १० । नेकपा (एमाले) का नेता सूर्य थापाले प्रदेश सरकार गठनका क्रममा दलहरूबीच हुने सहकार्यलाई रहर वा खुसीको विषयका रूपमा व्याख्या गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता थापाले प्रदेश सरकार सञ्चालनका लागि दलहरूबीचको सहकार्य बाध्यात्मक अवस्था भएको बताउनुभयो। उहाँले यस विषयमा समयअनुसार समीक्षा हुने उल्लेख गर्दै अहिले भइरहेका सहकार्यलाई उत्कृष्ट वा स्वेच्छिक निर्णयका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने स्पष्ट पार्नुभयो।
“समीक्षा हुँदै जान्छन्, गरौँला। प्रदेशमा सरकार दिने जिम्माका दलबीच सहकार्य बाध्यात्मक हो। यसलाई रहर, खुसी र उत्तम भन्ने अपव्याख्या गर्नुहुँदैन,” नेता थापाले भन्नुभएको छ।
उहाँको यो अभिव्यक्ति प्रदेश सरकारहरूको वर्तमान सत्ता समीकरण र दलहरूबीचको सहकार्यबारे भइरहेको राजनीतिक बहसका बीच आएको हो।














प्रतिक्रिया दिनुहोस्