काठमाडौं, साउन ११ । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीया ज्योति चौधरी रहनुभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाउनुभएको थियो। घटनापछि आफन्तले तत्काल उद्धार गरी उहाँलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए।
उपचारका क्रममा चिकित्सकले उहाँको शरीरको करिब ६० प्रतिशत भाग जलेको जानकारी दिएका थिए। उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्