काठमाडौं, साउन ११ । नेकपाका संयोजक पुष्पकमल दाहाल, प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको छ ।
प्रदेश सरकारको सम्बन्धमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबीच भएको ३ बुँदे समझदारीप्रति आपत्ति जनाउँदै बिच्किुनुभएका नेपाललाई मनाउन प्रचण्ड निवासमै पुग्नुभएको हो ।
एमाले र नेकपाबीचको तीन बुँदे सहमतिपछि नेपाल प्रचण्डको फोनसमेत नउठाई बोलचाल नै बन्द गरेर बस्नुभएको थियो । जति प्रयाश गर्दा पनि संभव नभएपछि प्रचण्ड नेपालको निवासमै पुगेर छलफल गर्नुभएको हो । कम्युनिष्ट पार्टी मिल्नै नहुने बरु कांग्रेस–रास्वपा र राप्रपातिर मिल्नुपर्ने भन्दै सहसंयोजक नेपाल निकै बिच्किएको पाइएपछि उपचार गर्न आफै निवास पुग्नुपरेको प्रचण्डले निकटलाई बताउनु भएको छ ।
‘फोनसोन सवै बन्द गरेर केटाकेटी रिसाएजसरी बसेपछि आफै भेटन जानैपर्यो । कम्युनिष्ट मिल्नुहुन्न भन्ने माधवजीलाई घरमै पुगेर सम्झाएर आएको हो,’ माधवसँगको भेटपछि आफू निकट नेतासँग प्रचण्डको भनाई थियो ।
शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्डबीच पाँच वटा प्रदेशमा सरकार गठन गर्ने र शक्ति बाँडफाँट गर्ने गरी भएको ३ बुँदे सहमतिप्रति नेपालले असन्तुष्टि जनाउँदै आउनु भएको थियो । नेपालले यो सहमतिले मलाई के भयो भन्दै जंगिएर फोन काटेपछि प्रचण्डसँग सम्वाद नै बन्द गर्नुभएको थियो ।
सोही कारण रिसाएका माधव मनाउनु पर्यो भन्दै सोमबार बिहान साढे ९ बजे प्रचण्ड कोटेश्वरस्थित निवासमा पुग्नुभएको थियो । भएको उक्त भेटवार्तामा यही विषयमा केन्द्रीय रहेर छलफल भएको छ । यस्तै भेटमा प्रचण्डले माधवको असन्तुष्टि मेटाउन थप एक जना मन्त्री दिलाउने बचन दिनुभएको स्रोतले बताएको छ ।














प्रतिक्रिया दिनुहोस्