जनता टाइम्स

११ श्रावण २०८३, सोमबार १६:१७

गृहमन्त्री सुधनमाथि खनिए पूर्वमन्त्री गोकुल बास्कोटा, मागे राजीनामा


काठमाडौं, साउन ११ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्नुभएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीचमा तनाव उत्पन्न भई प्रहरीले गोली चलाएको लागेर एकजनाको मृत्यु भएपछि बास्कोटाले गृहमन्त्री गुरुङको राजीनामा माग्नुभएको हो ।

घटनामा प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन्। कर्फ्यूबीच आगजनी र तोडफोड सुरु भएपछि नेपाली सेना ब्यारेकबाट निस्किएको छ। सो घटनाबारे बाँस्कोटाले गृहमन्त्रीलाई लक्षित गर्दै टीओबी प्रतिनिधि संसद्को रोष्ट्रममा फेरि सुकसुकाउँदै रुने टिप्पणीसहित राजीनामा देऊ भन्नुभएको हो ।

‘सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन्। पानी पिउँदै भन्छ-हाम्रा भाइबहिनी माथि गोली चलेकोमा आफ्लाई कति पीडा भइरहेछ। बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन-दोष ती मान्छेको थियो, जसले गोली खाए। जवाफदेहिता भए राजीनामा देऊ,’ बास्कोटाले भन्नुभएको छ ।