सुनसरी, साउन १२ । सुनसरीका कतिपय स्थानमा पसलहरु तोडफोड र लुटपाट भएका छन । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिजोराति भएको घटनाको विरोधमा आज विभिन्न क्षेत्रमा आगजनीको क्रममा यो घटना भएको हो ।
प्रदर्शनको क्रममा विशेषगरी कोशी कटान क्षेत्रमा पसलहरू तोडफोड र लुटपाटको अवस्था देखिएको हो । प्रदर्शनकारीहरूले पूर्वपश्चिम राजमार्ग समेत बन्द गरेका छन् । अन्य सडकमा पनि टायर बालेर प्रदर्शन गरिएको छ । स्थानीय प्रशासनले देवानगञ्ज क्षेत्रमा हिजोदेखि कर्फ्यु आदेश जारी गरेको छ ।
उता भोक्राहा नरसिंह गाउँपालिकाको वातावरण पनि तनावग्रस्त बनेको छ । वडा नम्बर ५, ६ र ७ मा हिन्दु र मुस्लिम समुदायका युवाहरुबीच ढुंगामुढा भएको छ । उक्त ठाउँ मुख्य बजारभन्दा भित्र पर्ने भएकाले सुरक्षाकर्मीसमेत पुग्न नसकेको बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्