काठमाडौं, साउन १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।
पछिल्लो समय पेटको क्यान्सरबाट पीडित रहनुभएका नेता श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। उपचारकै क्रममा उहाँले अन्तिम श्वास लिनुभएको नेपाली कांग्रेसले जनाएको छ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका श्रेष्ठले पार्टीको संगठन विस्तार तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। उहाँले कांग्रेसको पूर्वउपसभापतिको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।
नेपाली कांग्रेसका अनुसार स्वर्गीय श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ। त्यसपछि अन्त्येष्टिका लागि पार्थिव शरीर लगिने कार्यक्रम रहेको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्