जनता टाइम्स

७ पुष २०७६, सोमबार १५:४८

वाह ! नारायणीमा पानीजहाज सलल (फोटो फिचर)


चितवन, पुस ७ । भरतपुरमा निमार्ण गरिएको क्रुजसीपको परीक्षण गरिएको छ । नेपाल भ्रमण वर्षको सुरुवातसँगै क्रुजसीपलाई संचालन गर्ने तयारीअनुसार नारायणी नदीमा टेष्ट ड्राइभ गरिएको हो । नारायणी नदीमा आज ‘क्रुजसीप’ संचालन गरेर परीक्षण सफल भएपछि निमार्णकर्ता निकै खुसी भएका छन ।

निमार्णस्थलबाट रहेको पोर्टबाट क्रुजलाई नदीमा राखिएको थियो । चालक दलका केही सदस्यसहित सञ्चालक करिब डेढ किलोमिटर यात्रा गरेका थिए । मिनी क्रुजसीपको टेष्ट ड्राइभ सफल भएको संचालकले जनाएका छन् । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले परीक्षण सफल भएको बताउनु भयो । नेपालको पहिलो पानी जहाजको रुपमा यसको चर्चा हुने गरेको छ ।

यो क्रुज प्रतिघण्टा करिव ३५ किलो मिटर संचालन हुनेछ । काभ्रेघाटदेखि गोलाघाटसम्म संचालन गर्ने योजना छ । त्यस्तै, हिउँदामा देवघाटसम्म संचालन गर्ने बताइएको छ ।