जनता टाइम्स

७ पुष २०७६, सोमबार १८:०३

ठुलो संख्यामा चिनिया नागरिक पक्राउ, यस्तो छ कारण


काठमाडौं, पुस ७ । प्रहरीले अवैध गतिविधिमा संलग्न रहेको आशंकामा काठमाडौँबाट ९७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी निरजबहादुर शाहीको कमान्डमा काठमाडौँ परिसर र अपराध महाशाखाको संयुक्त टोलीले बालाजु, महाराजगञ्ज र बुढानीलकण्डमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार आपराधिक क्रियाकलाप भइरहेको भन्ने विशेष सूचनाका आधारमा डीआईजीकै नेतृत्वमा छापा मारिएको हो । ‘अहिले टोली फिल्डमै छ, नियन्त्रणमा लिइएका व्यक्तिहरुको छानबिन चलिरहेको छ, यसमा अध्यागमन विभागको समेत संलग्नता छ,’ सिआइवीका एक अधिकारीले जनताटाइम्ससँग भने । चिनियाँहरुलाई ह्याकिङ तथा ‘ओभरस्टे’ को आशंकामा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।