काठमाडौं, साउन २२। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग हतियार तथा गोला–बारुदको अभाव रहेको भन्ने समाचार अस्वीकार गर्दै त्यस्ता सूचना चुहाउनेहरूलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिकासँग विशेष प्रकारका हतियारसहित पर्याप्त गोला–बारुद मौज्दात रहेको दाबी गर्दै रक्षा उद्योगले ठूलो मात्रामा उत्पादन गरिरहेको बताएका छन्।
यसअघि अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्ट र सीएनएन ले लामो दूरीका मिसाइल तथा हवाई प्रतिरक्षा प्रणालीका मिसाइलको अभावले ट्रम्प प्रशासनको रणनीतिमा असर परेको दाबी गरेका थिए। केही रिपोर्टमा इरानविरुद्धका सम्भावित सैन्य कारबाहीसमेत प्रभावित भएको उल्लेख गरिएको थियो।
यी समाचारप्रति प्रतिक्रिया दिँदै ट्रम्पले सूचना चुहाउनेहरूको पहिचान भइसकेको दाबी गर्दै उनीहरूले ‘लामो जेल सजाय’ भोग्नुपर्ने चेतावनी दिएका छन्।
यद्यपि, ह्वाइट हाउस र पेन्टागनले हतियार अभाव तथा ट्रम्प र रक्षा मन्त्री पिट हेगसेथबीच मतभेद रहेको दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै ती समाचारलाई भ्रामक र ‘फेक न्युज’ भनेका छन्।














प्रतिक्रिया दिनुहोस्