काठमाडौँ, २५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले यस्तो बताउनुभएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने तथा विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
भेटका क्रममा राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिनुका साथै नेपाल र चीनबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्