काठमाडौं, साउन २१ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि नै सुनुवाइ गर्ने निर्णय गरेको छ ।
कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वसहित उहाँको समुहले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने मागसहित दिएको निवेदनमाथिको सुनुवाईपछि सर्वाेच्चले यस्तो निर्णय लिएको हो ।
अदालतले सो बिवादमा निस्सा हुने आदेश गरेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीवार निस्सा हुने अनुमति दिएकाले कांग्रेस विवादबारे निर्णय भइसकेको फैसला अव फेरि सुरुदेखि नै सुनुवाइ हुनेछ । यो इजलाशमा सहभागी तीन न्यायाधीशबाहेक तीन जना न्यायाधीशको इजलाशले गर्ने सुनुवाइमा यसअघिको फैसला सदर वा उल्टिने दुवै आदेश हुनसक्छ ।
फैसला उल्टिएको खण्डमा १४औं महाधिवेशनबाट निर्वाचित महामन्त्री गगन थापा र बिश्वप्रकाश समुहले विशेष महाधिवेशन अबैध ठहर हुनेछ । यसअघिको सोही फैसला सदर भएमा भने गगन थापा सभापति चयन गरेको गत बर्षको पुस २७ देखि माघ १ गतेसम्म काठमाडौंमा सम्पन्न भएको बिशेष महाधिवेशनले मान्यता पाउनेछ ।
यसअघि न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिई देउवा पक्षको रिटलाई खारेज गरिदिएको थियो । न्यायाधीश सुवेदी र निरौलाको इजलाशको सो आदेशलाई पुनरावलोकन गर्न भन्दै कांग्रेसका तात्कालिन सभापति देउवाले गत साउन ७ गते सर्वाेच्चमा वारेशमार्फत निवेदन दिनुभएको थियो ।
सर्वाेच्च अदालतको फैसला पुनरावलोकको निर्णय देउवा पक्षलाई राहत र बिशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा समुहलाई झडका भएको छ । निर्वाचन आयोगले बिना प्रमाणिकरण र बिना छानविन गगन समुहलाई बैधता दिएको, महाधिवेशन प्रतिनिधिहरुको एकै ठाउँमा हस्ताक्षर गरेको अवस्थामा निर्णय लिएको देउवा पक्षको मागमा अदालतले समेत साथ दिएपछि बिशेष महाधिवेशनले बैधता पाएको थियो ।
अदालतले आयोगको बदनीयतपुर्ण कामलाई मान्यता दिएको भन्दै देउवाले पुनरावलोकनको निवेदन दिनुभएको हो । सो निवेदनपछि कांग्रेसको बिवादमा बिहिवार आएको अदालतको आदेशले सुरुबाटै सुनुवाई हुनेभएको हो । अदालतको यो निर्णयसँगै देउवा पनि स्वदेश फर्कने मिति सार्वजनिक भएको छ । साउन २६ मा देउवा नेपाल आउने सूचना सार्वजनिक भएको हो ।














प्रतिक्रिया दिनुहोस्