काठमाडौं, साउन २८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको भेटमा आङ्देम्बेको शुक्रबारदेखि हुने चीन भ्रमण, नेपाल–चीन सम्बन्ध तथा दुई देशबीचका विविध विषयमा छलफल भएको हो ।
भेटमा चीनको ग्वाङ्झाउमा यही साउन ३० र ३१ गते आयोजना हुने गैरआवासीय नेपाली संघ एनआरएनएको एघारौँ एसिया क्षेत्रीय सम्मेलनबारे पनि छलफल भएको बताइएको छ ।
नेता आङ्देम्बेले आफ्नो चीन भ्रमण सम्मेलनमा सहभागितामा मात्र सीमित नरहने बताउनुभएको छ । भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध, चिनियाँ विकास तथा शासन अभ्यास र नेपाल तथा चीनका संसद् एवं राजनीतिक दलबीचको सम्बन्धबारे अनुभव आदानप्रदान गर्ने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्