जनता टाइम्स

२१ श्रावण २०८३, बिहीबार ११:३२

सुनको मूल्य आज झनै आकासियो, चाँदीको भाउ पनि उच्च बृद्दि


काठमाडौं, साउन २१ । नेपाली बजारमा बुधवार तोलामा ४ हजार २ सयले बढेको सुनको भाउ आज झनै आकाशिएको छ।

सुनको मूल्य तोलामा ८ हजार बढेर आज बिहिवार २ लाख ९६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधवार सुनको भाउ २ लाख ८८ हजार रुपैयाँ थियो। हिजो र आज दुई दिनमा सुनको भाउ १२ हजार २ सय रुपैयाँ बढेको हो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँ बढेर ४ हजार ५ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

हिजो पनि चाँदीको भाउ तोलामा ९५ रुपैयाँ बढेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको थियो।

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरी गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।