काठमाडौं, साउन ३० । कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुगेको छ। करिब ४०० जना अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्।
अधिकारीहरूका अनुसार काली र पेरेरा सहरमा मात्रै कुल मृतकमध्ये करिब दुई तिहाइको मृत्यु भएको छ। घाइतेमध्ये आधाभन्दा बढी प्रमुख सहरी क्षेत्रमा रहेका छन्।
पेरेरामा क्षतिग्रस्त होटलको भग्नावशेषमा फसेका चार जनाको उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ।
भूकम्पका कारण पश्चिमी कोलम्बियाका हजारौँ आवासीय घर, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक पूर्वाधारमा गम्भीर क्षति पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।
भूकम्पपछि हजारौँ परिवार अस्थायी आश्रयमा बस्न बाध्य भएका छन्। शक्तिशाली पराकम्पहरू निरन्तर गइरहेकाले उद्धार तथा राहत कार्य थप जटिल बनेको छ भने क्षतिग्रस्त भवनहरूमा थप जोखिम बढेको अधिकारीहरूले बताएका छन्।













प्रतिक्रिया दिनुहोस्