जनता टाइम्स

८ पुष २०७६, मंगलवार १७:१०

प्रधानमन्त्री ओलीसँग भारतीय राजदुत पुरीको बिदाई भेट, भारतीय समकक्षीलाई पठाउनु भयो यस्तो सन्देश


काठमाडौं, पुस ८ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले आज बिदाई भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदुत पुरीले बिदाई भेट गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा नेपाल भारत सम्बन्धलाई मजवुत पार्न खेलेको भुमिकाप्रति राजदुत पुरीलाई धन्यवाद दिनुभएको थियो । यस्तै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको सम्बन्ध अझै उचाईमा पुर्याउनु पर्ने भन्दै सीमा समस्याको बिषयमा तथ्यका आधारमा दुवै मुलुक सहमत हुनुपर्ने आफ्नो सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाउनु भएको स्रोतले जनाएको छ ।

भारतले केही समयअघि जारी गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूमिमा देखाएपछि नेपालले कुटनीतिक नोट पठाएर आपत्ति जनाएको थियो । राजदुत पुरीसँगको बिदाई भेटमा प्रधानमन्त्री ओलीले तथ्यको आधारमा सीमा समस्या समाधान गर्नुपर्ने भन्दै भारतीय समकक्षी मोदीलाई सन्देश पठाउनु भएको हो ।