काठमाडौं, ३१ साउन । घनश्याम भूसालले मुलुक अहिले ‘लफङ्गा’हरूको हातबाट शासित भइरहेको टिप्पणी गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उहाँले फागुन २१ गतेपछिका राजनीतिक घटनाक्रमले मुलुकमा थप राजनीतिक दुर्घटनाको जोखिम बढाएको बताउनुभयो ।
भूसालले आफूले यसअघि मुलुक ‘नालायक’हरूबाट शासित हुँदै आएकोमा अब ‘लफङ्गा’हरूको हातमा जाने अवस्था आएको टिप्पणी गरेको स्मरण गर्नुभयो । पछिल्ला साढे चार महिनाका घटनाक्रमले आफ्नो त्यतिबेलाको निष्कर्ष पुष्टि गर्दै लगेको उहाँको दाबी थियो ।
उहाँले वर्तमान सरकार यही गतिमा अघि बढे मुलुकले थप गम्भीर संकट व्यहोर्नुपर्ने चेतावनी दिनुभयो ।
गत प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट दलहरूले व्यहोरेको पराजय अप्रत्याशित भएको उल्लेख गर्दै भूसालले कसरी हारियो भन्ने विषयको गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो ।
‘हामी यसरी हारेका छौँ कि कसरी हार्यौँ भनेर अहिलेसम्म पत्तो पाएका छैनौँ,’ उहाँले भन्नुभयो ।
भूसालले कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गरी जनतासँगको सम्बन्ध बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।













प्रतिक्रिया दिनुहोस्