जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार १४:५९

क्रिकेटर दीपेन्द्रको रोचक प्रेम कहानी : जागिर त्यागेर दिलभित्र पसिन ‘आइसा महारानी’


एनपीएलको पहिलो सिजनमा दीपेन्द्र क्याप्टेन रहेको फ्रेन्चाइजी टीम सुदूरपश्चिम रोयल्सकी कर्मचारी हुनुहुन्थ्यो आइसा । धेरै नै नजिकिन थालेपछि टीम व्यवस्थापनले असन्तुष्टि जनायो तर आइसाले जागिर छाडेर दीपेन्द्रलाई रोज्नुभयो

काठमाडौं, साउन २९ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीको प्रेम सम्बन्धबारे अव सवै जानकार भएका छन । केही समयदेखि एक युवतीसँग ‘डिप लभ’ मा रहेका दीपेन्द्रको प्रेम कहानीलाई प्रेमिकाले नै सार्वजनिक गरेपछि यसभित्रको रोचक प्रेम कथा पनि बाहिर आएको छ ।

केही समयदेखि पर्दाभित्र रहेर प्रेम सम्बन्धलाई बजबुत बनाएको यो जोडीको कहानीलाई दीपेन्द्रकी प्रेमिका आइसादिव्या कोइरालाले नै नै सार्वजनिक गरेकी हुन । दीपेन्द्र र आइसादिब्याबीच एनपीएलको पहिलो सिजनदेखि प्रेमको बिउ रोकिएको तथ्य पनि यो घटनासँगै बाहिर आएको छ ।

दुई जनाको प्रेममा आइसाको त्याग झनै रोचक रहेको छ । दीपेन्द्र क्याप्टेन रहेको फ्रेन्चाइजी टीम सुदूरपश्चिम रोयल्समा आइसा स्टाफका रुपमा कार्यरत रहनुभएको थियो । त्यही क्रममा दुवैबीच चिनजानसँगै निकटता बढेको हो ।

दीपेन्द्र र आइसा धेरै नै नजिकिन थालेपछि टीम व्यवस्थापनले असन्तुष्टि पनि जनाएको थियो । ब्यवस्थापनको त्यो असन्तुष्टि दुईबीचको प्रेम सम्बन्ध अगाडि नबढोस भन्ने संकेत थियो तर आइसालाइृ त्यो कुरा मञ्जुर भएन । आइसाले दीपेन्द्रका लागि जागिर नै त्यागिदिनु भयो ।

यसरी अघि बढेको प्रेमलाई आइसाले सार्वजनिक गरेर आफूहरू घनिष्ठ प्रेममा रहेको तथ्य खोल्नुभएको छ । बिहीवार अर्थात साउन २८ गते दीपेन्द्रको जन्मदिनमा आइसाले दीपेन्द्रसँगको सम्बन्धको खुला स्वीकारोक्ति गर्नुभएको हो । दीपेन्द्रसँगको एउटा रोमान्टिक तस्बिर पोस्ट गर्दै आइसाले लेख्नुभएको छ, ‘मेरो जीवनको म्यान अफ द म्याच ।’

त्यसो त दीपेन्द्रले केही समय अगाडि आइसाको नाम नलिइकन उनी आएपछि धेरै कुरामा सहजता भएको बताउनु भएको थियो । दीपेन्द्रको भनाई थियो, ‘ऊ आएपछि धेरै कुरा सजिलो भएको छ । अहिले म उसलाई जता पनि लिएर हिँड्छु । परिवार र अरू धेरै कुरा उसैले सम्हालिरहेको छ । उसले सकारात्मक सोच ल्याइदिएको छ र त्यसको असर क्रिकेटमा पनि देखिएको छ । अहिले करिअर राम्रो हुँदैछ, करिअर एक ठाउँमा पुगेपछि एक–दुई वर्षभित्र बिहे गर्छु होला ।’