जनता टाइम्स

८ पुष २०७६, मंगलवार १७:५१

राष्ट्रपति भण्डारीसँग भारतीय राजदुत पुरीको बिदाई भेट : आपसी हितसहित तीन बिषयमा भयो यस्तो कुराकानी


काठमाडौं, पुस ८ । राष्ट्रपति बिद्यादेवी भण्डारीसँग नेपालका लागि भारतीय राजदुत मञ्जीभसिंह पुरीले बिदाई भेटबार्ता गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका राजदुत पुरी आज शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग बिदाई भेट गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका बिज्ञप्तीमार्फत दिनुभएको जानकारी अनुसार भेटमा नेपाल र भारतबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको बिषयमा कुराकानी भएको छ । बिदाई भेटमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन खेलेको भुमिकाको प्रसंशासहित बधाई दिनुभएको थियो । भारतीय राजदुत पुरीले आजै प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाई भेट गर्नुभएको थियो ।