विराटनगर, भदौ १। मोरङ जिल्ला कारागारमा प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा चढेर प्रदर्शन गरेका छन्।
विराटनगर महानगरपालिका–८ स्थित कारागारमा सोमबार बिहान करिब ५ बजेदेखि प्रहरीले खानतलासी सुरु गरेको थियो। प्रमुख जिल्ला अधिकारी युवराज कटेल र मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागार पुगेको छ।
खानतलासीका क्रममा ब्लक ‘बी’ का कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन्। प्रशासनले आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप उनीहरूले लगाएका छन्।
प्रशासनले खानतलासीसँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको जनाइएको छ। घटनापछि कारागारको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।














प्रतिक्रिया दिनुहोस्