जनता टाइम्स

४ भाद्र २०८३, बिहीबार २०:३३

एनएमबि बैंकले सुरु गर्यो अनलाइन कर्जा आवेदन र ‘रियल-टाइम’ ट्र्याकिङ प्रणाली : अव अनलाइनबाटै कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने


काठमाडौं, भदौ ४ । एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्वपूर्ण उपलब्धि हाँसिल गर्दै अनलाइन कर्जा आवेदन (Online Loan Application) तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ ।

यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने सो बैंकले जनाएको छ । बैंकले जनाएअनुसार नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा डिभाइस (Device) बाट सजिलै कर्जाको लागि आवेदनदिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ‘रियल–टाइम’ मा ट्र्याक गर्न सक्नेछन् ।

सले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ ।

अनलाइन कर्जा आवेदन दिने सहज तरिकाः

– digi.nmb.com.np मा लग–इनगर्नुहोस् ।

– Loan Services मा गई Explore Products मा क्लिक गर्नुहोस् ।

– आफूलाई चाहिएको कर्जा शीर्षक छनोट गरी आवश्यक विवरणहरू भर्नुहोस् ।

– फारम बुझाउना साथ तुरुन्तै Online Loan Tracking ID प्राप्त हुनेछ ।

– उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति (Status) सोझै हेर्नुहोस् ।

एनएमबि बैंकका अनुसार नेपालमा आधुनिक तथा कागजरहित (Paperless) बैंकिङ सेवा प्रवद्र्धन गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरिएको हो । सो बैंकले सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको अमूल्य समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरू, १७६ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।