जनता टाइम्स

६ भाद्र २०८३, शनिबार १९:२३

साउदी लिगको डेब्यु खेलमै क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट गोल


काठमाडौं, भदौ ६। साउदी प्रो लिगको डेब्यु खेलमै पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले सानदार गोल गरेका छन् । नयाँ सिजनको पहिले खेल नखेलेका रोनाल्डो दोस्रो खेल अल रियाद विरुद्ध ६१ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

मैदान प्रवेश गरेको ८३ औं मिनेटमा उनले अल नासरका लागि गोल गरे । उक्त खेलमा रोनाल्डो, जाओ फेलिक्स, एन्जेलो ग्राबियल, ए। अल अमरीले एक एक गोल गरेसँगै अल नासरले रियाद विरुद्ध ४० को जित दर्ता गर्यो ।

लगातार दुई खेलमा उत्कृष्ट जित हासिल गरेसँगै अल नासर गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लिएको छ । एक हजार गोलको ऐतिहासिक रेकर्डको नजिक रहेका रोनाल्डोको गोल संख्या पनि ९ सय ७७ पुगेको छ ।