जनता टाइम्स

९ पुष २०७६, बुधबार १८:१९

रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध बिच्छेद


काठमाडौं, पुस ९ । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहले सम्बन्ध बिच्छेद गर्नुभएको छ । ढकाल दम्पत्तिले आज जिल्ला अदालत काठमाडौंबाट मिलापत्रकै आधारमा सम्बन्ध विच्छेद गर्नुभएको हो ।

ढकाल दम्पतीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराउनु भएको थियो । शाहले ढकालबाट कुनै पनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी सम्बन्ध बिच्छेद गर्नुभएको छ ।

जिल्ला अदालत काठमाडौंका अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार न्यायाधीश विदुर कोइरालाले मिलापत्रका आधारमा ढकाल दम्पत्तिको सम्बन्ध बिच्छेद गराउनु भएको हो ।