नुवाकोट, भदाै २० । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीमा परिवारले मृत्यु भइसकेको ठानेर ६४ वर्षीया चण्डिका श्रेष्ठको कुशको शव बनाएर काजकिरिया थालिएको अवस्थामा आज जिउँदै उद्धार गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा उहाँलाई जीवितै फेला पारिएकाे हाे ।
बाढीले बगाएको आफ्नै घरबाट चण्डिकालाई अर्धचेत अवस्थामा उद्धार गरेपछि काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचार थालिएको छ । बाढी आउँदा चण्डिका घरभित्रै रहनुभएकाे थियाे । घर बगेर पहिलेको स्थानबाट १०० मीटर तल पुगेको छ ।
आठ दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि उहाँकाे मृत्यु भएको निष्कर्ष निकाल्दै कुशको शवको अन्त्येष्टि गरेपछि काठमाडौंको सानो भर्याङस्थित घरमा काजकिरिया थालिएको र सम्धी रमेशमान श्रेष्ठले जानकारी दिनुभएकाे छ ।














प्रतिक्रिया दिनुहोस्