काठमाडौं, भदौ २० । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा ११ औं दिनमा ६४ वर्षीया चण्डिका श्रेष्ठको उद्धारले सिंगो देशलाई आशा दिएको बताउनु भएको छ ।
शनिबार दिउसो बेत्रावतीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेपछि राति फेसबुकमार्फत प्रधानमन्त्री शाहले यस्तो टिप्पणी गर्नुभएको हो ।
‘बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चण्डिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ,’ प्रधानमन्त्री शाहले लेख्नुभएको छ, ‘यो खबर, खोज तथा उद्धारमा हामी अझैँ डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।’
त्यसअघि पनि सरकारले वृद्धहरूको उद्धार गरिसकेको उहाँले दाबी गर्नुभएको छ । ‘यसअघि पनि हामीले चन्डिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबाहरूलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेका छौं,’ प्रधानमन्त्रीको भनाई छ ।














प्रतिक्रिया दिनुहोस्