जनता टाइम्स

२१ भाद्र २०८३, आईतवार १५:१३

बाढीपीडितको उद्धार र राहतमा गृहमन्त्रीलाई छैन पीर, बिपदको बेला ध्यान पार्क शिलान्यासतिर


काठमाडौं, भदौ २१ । भोटेकोशी बाढीको संकटले चरम सीमा लिइरहेको बेला उद्धारको काममा कुसल ब्यवस्थापनसहित नेतृत्व गर्नुपर्ने गृहमन्त्री सुधन गुरुङ भने पार्क शिलान्याशतिर देखिएको छ ।

जेनजी आन्दोलनमा घुसेर संसद भवन, सिंहदरवार र सर्वाेच्च अदालत जलाएको आरोप खेपिरहनुभएका गृहमन्त्री गुरुङले हेलिकोप्टरमा ल्याउने र ल्याएका पीडितको अगाडि दौडिएर फोटो खिचाउने र आफ्नो प्रचा गराउने काम सकाएको अनुभूतिसहित अव जेनजी पार्क शिलान्यासमा लागेका हुन । गृहमन्त्रीको यो हर्कत देखेर लाज पनि लगाएको भन्दै नागरिकले आक्रोश पोखेका छन ।

गृहमन्त्री गुरुङले बाढीमा केही नभए जसरी आइतवार ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको स्मृतिमा सिंहदरबारस्थित संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास गर्नुभयो । जेनजी सहिदको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको पार्क आइतबार शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा सञ्चारकर्मीसँग गृहमन्त्री गुरुङले देशका निम्ति आफ्नो ज्यान आहुति दिने जेनजीका सपना पूरा गर्ने बाटोमा सरकार लागिपरेको बताउनु भयो । आन्दोलनका क्रममा देखिएको सपना, सहिदको बलिदान र जनताका अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि यसमा सरकार दृढताका साथ अघि बढ्ने उहाँका भनाई छ ।

कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका निम्ति भएका आन्दोलनले महत्त्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उल्लेख गर्नुभएको छ ।