काठमाडौं, भदौ २५ । सरकारले सहसचिव विनोद कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगको सिफारिस बमोजिम वरिष्ठताका आधारमा कुँवर र खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
प्रवक्ता पोखरेलका अनुसार मन्त्रिपरिषदले बढुवासगै कुँवरलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव र खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
सचिवमा बढुवा हुनुभएका कुँवर र खत्री निजामति प्रशासनमा कुशल प्रशासकका रुपमा चिनिनुहुन्छ । बढुवा भएका कुँवर यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओल प्रधानमन्त्री रहँदा निजी सचिवको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको छ ।














प्रतिक्रिया दिनुहोस्