जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार ११:५९

प्रधानमन्त्रीलाई एमाले महासचिव शङ्कर पोखरेलको प्रश्न : ग्यासको अभाव ढाकछोप गर्न ‘फेक न्युज’को खेती गर्ने ? 


काठमाडौं, भदौ ३१ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहलाई नागरिकले सहज रूपमा खाना पकाउने ग्याससमेत पाउन नसकिरहेको अवस्थाप्रति प्रश्न गर्नुभएको छ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहलाई प्रश्न गर्दै अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको हो। उहाँले नागरिकलाई खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुसमेत सहज रूपमा उपलब्ध गराउन नसक्ने र उक्त कमजोरीलाई ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम तथा फेक न्युज फैलाउने काम भइरहेको हो कि भन्दै प्रधानमन्त्री साहसँग प्रश्न गर्नुभएको छ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘नागरिकलाई खाना पकाउने ग्यासजस्तो अतिआवश्यक वस्तुसमेत सहज रूपमा उपलब्ध गराउन नसक्ने, अनि उक्त कमजोरीलाई ढाकछोप गर्न सामाजिक सञ्जालमा भ्रम र फेक न्युजको खेती गर्ने ?’

उहाँले यस्तो कार्यलाई ‘नाङ्गो बेइमानी’ नभएको भन्दै प्रधानमन्त्री साहलाई प्रश्न गर्नुभएको छ। ‘यो नाङ्गो बेइमानी भएन र, प्रधानमन्त्रीज्यू ?’, उहाँको प्रश्न छ ।