जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार १५:५९

भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोको सुरुङमा चार शव फेला


रसुवा, भदौ ३१ । भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रो पावरको सुरुङभित्र चार जनाको शव फेला परेको छ।

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले जारी राखेको खोज तथा उद्धारका क्रममा सुरुङभित्र चार जनाको शव फेला पारेको हो। फेला परेका शव निकाल्ने कार्य भइरहेको छ।

सुरुङभित्र अझै थप मानिस जीवित वा मृत अवस्थामा हुनसक्ने सम्भावना रहेको छ।

सुरुङभित्र पुरिएको क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। थप मानिसको अवस्थाबारे यकिन गर्न सुरक्षाकर्मीले सावधानीपूर्वक खोजी गरिरहेका छन्।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चिलिमे जलविद्युत् आयोजनासहितका जलविद्युत आयोजना र आसपासका क्षेत्रमा ठुलो क्षति पुगेको छ। बाढीपछि पुरिएका संरचनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी भाेलेण्टियरहरुको टोलीले निरन्तर खोज तथा उद्धार गरिरहेको छ।