जनता टाइम्स

१३ पुष २०७६, आईतवार १६:५१

घट्यो शेयर बजार, आजको कति ?


काठमाडौं, पुस १३

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४ः९९ विन्दुले ओरालो लागेर एक हजार १६२ः४३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०ः९८ विन्दुले घटेर २५३ः३९ मा पुगेको छ । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत घटेको छ ।

कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता शेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ । त्यसमा व्यापार ४७ः८८, वित्त १ः९७, अन्य १ः४९ र जीवन बीमा ८०ः७२ ले बढेको छ । यस्तै बैंकिङ ८ः६५, होटल १५ः६३, विकास बैंक ६ः४८, जलविद्युत् ५ः९१, निर्जीवन बीमा १०ः४८, उत्पादन ११ः०९, लघुवित्त ८ः८२ र सामूहिक लगानी कोष ०ः१८ विन्दुले घटेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ८४ लाख पाँच हजार ९५८ बराबरको कारोवार भयो । यस्तै, नेपाल इन्भेस्ट बैंकको संस्थापक शेयर रु तीन करोड ६६ लाख ६१ हजार ८६४, प्राइम बैंक रु दुई करोड एक लाख ३६ हजार ६०८, नेपाल बैंक लिमिटेड रु एक करोड ८६ लाख २५ हजार ३०१ र शिवम् सिमेन्ट रु एक करोड ३८ लाख एक हजार ११३ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका शेयरधनीले ९:९८ प्रतिशतले कमाए । माउण्टेन हाइड्रो ७ः१४, नेपाल फाइनान्स ६ः०६, कञ्चन डेभलपमेन्ट बैंक ४ः८२, सिर्जना फाइनान्स ३ः७६ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३ः६४ प्रतिशतले कमाए । यस्तै प्रोगेसिभ फाइनान्स ६ः६६, कृषि विकास बैंक ५ः९४, युनाइटेड मोदी ४ः६७, ओरियण्टल होटल ३ः७० र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ः४९ प्रतिशतले गुमाए ।