काठमाडौं, असोज २४ । भारतमा मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा आज बृहत् प्रदर्शन हुँदैछ। प्रदर्शनकारीले निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गरेका छन्।
प्रदर्शनलाई लक्षित गरी राजधानी नयाँ दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सीजेपीले ‘जन परिचालन’ कार्यक्रमअन्तर्गत दिल्लीमा मार्चपास गर्दै जन्तरमन्तरसम्म पुग्ने आह्वान गरेको छ। तर प्रहरीले र्यालीका लागि अनुमति दिएको छैन। जन्तरमन्तर क्षेत्रमा आवागमन रोकिएको छ भने प्रमुख सडकमा अवरोधक राखिएका छन्।
भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि विरोध चर्किएको हो। आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई सूचीबाट हटाउन प्रक्रिया अघि बढाइएको जनाएको छ।
तर विपक्षी दल तथा आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन्।













प्रतिक्रिया दिनुहोस्