जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार ०७:३३

कांग्रेस सहमहामन्त्रीको मतगणना : रामहरि खतिवडा र अजयबाबु सिवाकोटी जितको नजिक 


काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणना जारी रहँदा खुला सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी जितको नजिक पुग्नु भएको छ । 

खतिवडाले सुरुदेखिकै अग्रता कायम राख्नुभएको छ भने सिवाकोटी दोस्रो स्थानमा रहनुभएको छ। खुला सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था रहेकाले उहाँहरूबिचको अग्रताले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

५ हजार ८९ मत गणना हुँदा खतिवडाले २ हजार १७८ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, सिवाकोटीले १ हजार ५५६ मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा रहनुभएका डिल्लीराम सुवेदीले १ हजार ३३० मत प्राप्त गर्नुभएको छ।

मतगणनाको पछिल्लो विवरणअनुसार उम्मेदवारहरूले प्राप्त गर्नुभएको मत यस प्रकार छ :

१. रामहरि खतिवडा — २,१७८ मत
२. अजयबाबु सिवाकोटी — १,५५६ मत
३. डिल्लीराम सुवेदी — १,३३० मत
४. देवेन्द्रराज कँडेल — १,०१२ मत
५. राजीव ढुङ्गाना — ९०१ मत
६. विकास कोइराला — ८१५ मत
७. अमृतकुमार अर्याल — ६६६ मत
८. रमेशप्रसाद धमला — ५८० मत
९. विमलराज क्षेत्री — १९६ मत

खुला सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने भएकाले अन्तिम मतपरिणामले विजेताको टुङ्गो लगाउनेछ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। तर गन्न बाँकि मत  र हालकाे मतान्तरकाे अवस्थालाई हेर्दा उहाँहरु जितकाे नजिक पुग्नु भएकाे छ ।