जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार ०७:५६

कांग्रेस केन्द्रीय सदस्यको मतगणना : महिला खुल्लामा बासना थापा अगाडि, ३५ वर्षमुनिको क्लस्टरमा सचिन तिमल्सिनाको अग्रता


काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका विभिन्न क्लस्टरको मतगणना जारी छ। महिला खुला केन्द्रीय सदस्यतर्फ बासना थापा अग्रस्थानमा रहनुभएको छ भने ३५ वर्षमुनिको क्लस्टरमा सचिन तिमल्सिनाले अग्रता लिनुभएको छ।

महिला खुला केन्द्रीय सदस्यतर्फ हालसम्म ४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गर्नुभएको छ। उहाँलाई उर्मिला थपलिया र निमा गिरीले पछ्याइरहनुभएको छ। थपलियाले २ हजार ६४७ र गिरीले २ हजार ६२० मत प्राप्त गर्नुभएको छ। यस क्लस्टरमा हालसम्म १२ मत बदर भएका छन्।

महिला खुला केन्द्रीय सदस्यतर्फको मतपरिणाम

गणना भएको मत : ४,६८९
बदर मत : १२

१. बासना थापा — ३,४८४ मत
२. उर्मिला थपलिया — २,६४७ मत
३. निमा गिरी — २,६२० मत
४. कुसुमदेवी थापा — २,१२९ मत
५. धना कुमारी खतिवडा — २,१२५ मत
६. अनिता देवकोटा — १,९३० मत
७. विनिता खड्का — १,८९२ मत
८. लक्ष्मी पाण्डे — १,७७२ मत
९. सृजना अधिकारी — १,७६२ मत
१०. मुना भुसाल — १,६३२ मत
११. चिनी पोखरेल (चिनु) — १,५६४ मत
१२. रिता थापा मगर — १,५१० मत
१३. कान्तिका सेजुवाल — १,४८१ मत
१४. उमा दाहाल — १,४५८ मत
१५. निर्मला तामाङ बस्नेत (नीरु) — १,४२४ मत
१६. अकला गुरुङ — १,३३८ मत
१७. सम्झना खत्री — १,२५६ मत
१८. गंगा शाही — १,२२२ मत
१९. निर्मला क्षेत्री — १,२२२ मत
२०. गीता सत्याल — १,१६७ मत
२१. जमुना ढकाल — १,१६० मत
२२. इन्दिरा चौलागाईं — १,०४१ मत
२३. गण्डकी थापा अधिकारी — १,०३० मत
२४. भगवती काफ्ले भण्डारी — १,०१९ मत
२५. नम्रता बराल — ९६७ मत
२६. राधिका कटुवाल — ९६६ मत
२७. सुमित्रा कुमारी बम — ९४४ मत
२८. रिता सेन ओली — ८८९ मत
२९. तुलसी देवकोटा — ८६२ मत
३०. पवित्रा कुमारी अर्याल — ८१७ मत
३१. भवानी देवकोटा — ७९९ मत
३२. यस्मिन ढुङ्गाना — ७७५ मत
३३. विष्णु कुमारी सापकोटा — ५६९ मत
३४. मोदती केसी — ५५० मत

३५ वर्षमुनिको क्लस्टरमा सचिन तिमल्सिना अगाडि

यसैगरी, ३५ वर्षमुनिका केन्द्रीय सदस्यतर्फको मतगणनामा सचिन तिमल्सिनाले अग्रता लिनुभएको छ। हालसम्म २ हजार १० मत गणना हुँदा तिमल्सेनाले ९२९ मत प्राप्त गर्नुभएको छ।

दोस्रो स्थानमा रहनुभएका सुशील भट्टले ८८२ मत प्राप्त गर्नुभएको छ भने ई. अभिषेक आत्रेय ७९२ मतसहित तेस्रो स्थानमा रहनुभएको छ। आदर्श मल्लले ७८५ र डा. आयुष बगालेले ७१८ मत प्राप्त गर्नुभएको छ।

३५ वर्षमुनिको क्लस्टरको मतपरिणाम

गणना भएको मत : २,०१०

१. सचिन तिमल्सिना — ९२९ मत
२. सुशील भट्ट — ८८२ मत
३. ई. अभिषेक आत्रेय — ७९२ मत
४. आदर्श मल्ल — ७८५ मत
५. डा. आयुष बगाले — ७१८ मत
६. ई. रोशन बस्नेत — ६६० मत
७. सौगात थापा — ५५२ मत
८. ई. शैलेश मिश्र — ५२१ मत
९. उषा सापकोटा — ४५८ मत
१०. विनोद राज जोशी — ४३९ मत
११. यजशिव राई — ४३० मत
१२. मदन राज उपाध्याय — ४२९ मत
१३. विजय गुरुङ — ४१६ मत
१४. श्यामराज ओझा — ३८७ मत
१५. भूपेन्द्र सिंह थेबे — ३४६ मत
१६. सागर विक — ३३४ मत
१७. केशरजंग बम — ३२५ मत
१८. पवन आचार्य — ३१८ मत
१९. उस्प्रार सुनार — २८६ मत
२०. खगेन्द्र आचार्य — २६४ मत
२१. सूर्य न्यौपाने — २५९ मत
२२. मेघराज थापा — २३७ मत
२३. सुजन सापकोटा — २२९ मत
२४. नरबहादुर खड्का (नरेश) — १९२ मत
२५. प्रकाश उप्रेती — १५८ मत
२६. ओजश शर्मा — १३९ मत
२७. मोजाहिद हक — ९३ मत

दुवै क्लस्टरमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।