जनता टाइम्स

१५ पुष २०७६, मंगलवार १२:३२

आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं, पुस १५ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन । प्रहरीका अनुसार भारतको महाराष्ट्र ठाणे निवासी सुनिल हरिराम सुनसहित पक्राउ परेका हुन ।

आज बिहान साढे ८ बजे फ्लाइ दुबईबाट काठमाडौं आएका हरिरामले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको हो । प्रहरीका अनुसार उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५० ग्राम/२५० ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए । एक्सरे गरेपछि हरिरामले मलद्वारमा लुकाएर ल्याएको सुन फेला परेको थियो ।