काठमाडौं, असोज २९ । सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल तथा गोलीसहित पक्राउ परेका छन्।
नेपाल प्रहरीका अनुसार सर्लाहीको बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो। उनको साथबाट ‘MADE IN U.S.A.’ लेखिएको एउटा पेस्तोल, नाम नखुलेको अर्को एउटा पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका थापालाई बरामद गरिएका हातहतियारसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्