कपिलवस्तु, असोज २९ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित मन्दिरबाट घण्टी चोरी गरी बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
प्रहरीले शुद्धोधन–२ नौडिहवास्थित दुर्गा मन्दिरबाट असोज २६ गते चोरी भएका घण्टीबारे अनुसन्धान गर्दा लवनीस्थित ऋषि भाँडा पसलबाट साना–ठूला गरी ३५ थान पित्तलका घण्टी बरामद गरेको हो।
पक्राउ पर्नेमा इबरार अहमद मुसलमान, चन्द्रप्रसाद यादव र पसल सञ्चालक दिनेशकुमार कान्दु छन्। घटनामा संलग्न रहेको आरोप लागेका एक जना फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्