काठमाडौं, २९ असोज । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहअन्तर्गत इन्जिनियरिङ उपसमूहका ३० जना प्रहरी जवान प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिको असोज २८ गते बसेको बैठकले बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ बमोजिम योग्यता क्रमका आधारमा सिफारिस सूची सार्वजनिक गरिएको नेपाल प्रहरीले जनाएको छ।
सिफारिसमा पर्ने प्रहरी जवानहरू इन्जिनियरिङ उपसमूहअन्तर्गत मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ कार्यरत छन्।
सिफारिस सूचीमा पर्ने प्राविधिक प्रहरी जवानहरू:

















प्रतिक्रिया दिनुहोस्