काठमाडौं, असोज २९ । योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँटमा बाढीपीडित परिवारका लागि निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ।
बाढीबाट प्रभावित परिवारलाई निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टी नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङ, जिल्ला समन्वय समितिका प्रमुख, जनप्रतिनिधि, पार्टीका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वाईसीएल नेपालका केन्द्रीय पदाधिकारी, बागमती प्रदेश, विशेष प्रदेश, काठमाडौं, धादिङ र नुवाकोटलगायतका जिल्ला कमिटीका प्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ।
अस्थायी आवास निर्माण तथा हस्तान्तरण कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, जनप्रतिनिधि, स्थानीयवासी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीप्रति वाईसीएल नेपाल केन्द्रीय समितिले आभार व्यक्त गरेको छ।
वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीले बाढीपीडित परिवारका लागि अस्थायी आवास निर्माण तथा हस्तान्तरण कार्यमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
यस अघि हिजै नेकपा एमालेकाे तर्फबाट बिदुर नगरपालिकाको पिपलटारमा १८ परिवारलाई जीफण्टले निर्माण गरेकाे आस्थायी आवस पनि हस्तान्तरण गरिएकाे थियाे । ती भवन एमाले अध्यक्ष केपी ओलीले हस्तान्तरण गर्नु भएकाे थियाे ।














प्रतिक्रिया दिनुहोस्