जनता टाइम्स

३० बैशाख २०७६, सोमबार १०:३७

महोत्तरी र कपिलबस्तुमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु


महोत्तरी र कपिलबस्तुमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । महोत्तरीमा सोमबार बिहान ट्रक र टिपर ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको वर्दिवास नगरपालिका ५ माईस्थान चौकमा ना ६ ख ३०२० नम्बरको ट्रकमा पश्चिमबाट पूर्व दिशातर्फ गईरहेको बा ५ ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा दुवै गाडीका सहचालकको मृत्यु भएको हो । दुवै गाडीका चालकहरु भने घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

उता, कपिलवस्तुको तौलिहवा जितपुर सडक खण्डको निग्लिहवाकोटमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

गए राती करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गरेको लु ९ प ४६६४ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा आइरहेका मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका–६ का शेषराम यादवको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । मोटरसाईकललाई कुनै ठूलो सवारी साधनले ठक्कर दिएको हुन सक्ने प्रहरीले जनाएको छ ।