काठमाडौं, कात्तिक १२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख डोलप्रसाद अर्याललाई भेट्न उहाँब्कै कार्यकक्ष सिंहदरबार पुग्नुभएको छ ।
सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो । अनौपचारिक भेट भएको सभामुखको सचिवालयले जनाएको छ ।यसअघि बुधबार रास्वपा सभापति लामिछानेसँग प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को चार घण्टा लामो भेट भएको थियो । त्यसको भोलिपल्ट सभापति लामिछाने सभामुख अर्याल भेट्न सिंहदरवार पुग्नुभएको हो ।
सिंहदरबारमा सभामुखलाई २० मिनेट भेटेर फर्किए रवि लामिछाने














प्रतिक्रिया दिनुहोस्