काठमाडौं, कात्तिक १४ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतले वृद्धि हो । यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (EPS) पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकका शेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ । वार्षिकीकरण गरिएको प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११.६४ रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको कर्जा र निक्षेप दुवै बढेको छ । कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कुल कर्जा वृद्धिदर बैंकिङ उद्योगको औसत वृद्धिदरभन्दा माथि रहेको छ ।
खराब कर्जाको अनुपात अघिल्लो त्रैमासको ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा झरेको छ, जसले कर्जाको गुणस्तरमा सुधार आएको देखाउँछ । यसैगरी, बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
म्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पियरमेन्ट चार्ज) २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा झरेको छ । बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ, जसले बैंकको पुँजीगत सुदृढता, वित्तीय स्थायित्व तथा दिगो बैंकिङ अभ्यासप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।














प्रतिक्रिया दिनुहोस्